फाेटाे फिचर

खुल्यो तालबाराही मन्दिर, बढ्यो चहलपहल (तस्बिरहरु)

कास्की (पोखरा) – प्रशिद्ध पर्यटकीय नगर पोखराको फेवातालस्थित तालबाराही मन्दिरमा पर्यटक तथा दर्शनार्थीको भिड लाग्न थालेको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयास स्वरुप झण्डै ९ महिना बन्द भएको सो मन्दिर पुस १ गते अर्थात गएको बुधबारदेखि पर्यटक तथा दर्शनार्थीका लागि खुला भएको हो ।

खुलेयता फेवाताल घुम्ने तथा डुंगा चढेर तालबाराही मन्दिरमा पुग्ने विशेष गरी आन्तरिक पर्यटकहरुको चहलपहल हुन थालेको छ । लामो समयदेखि काम बिहीन बनेका डुंगाहरु सक्रिय हुन थालेका छन् ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले फेवाताल र त्यहाँ रहेको तालबाराही मन्दिरमा शनिबार बिहान देखिएको चहलपहलका केही तस्बिर खिचेकी छन् ।

पुस ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्