‘हामी तेस्रो लिंगी होइनौँ, पारलैंगिक हौँ’ (तस्बिरहरु)

‘हामी तेस्रो लिंगी होइनौँ, पारलैंगिक हौँ’ (तस्बिरहरु)
+
-

काठमाडौँ – काठमाडौँको बसन्तपुरमा शनिबार पारलैंगिक गौरव यात्रा भएको छ । क्वेयर युथ ग्रुपको आयोजनामा नेपालमा पहिलो पटक पारलैंगिक (ट्रान्सजेन्डर) गौरव यात्रा भएको हो ।

ट्रान्सजेन्डरको नेपाली रुपान्तरण ‘तेस्रो लिंगी’ नरहेको भन्दै पारलैंगिक महिला तथा पारलैंगिक पुरुषलाई तेस्रो लिंगी नभइ महिला वा पुरुष नै भनेर सम्बोधन गरिनु पर्ने र सोही अनुसारको अधिकारको मागसहित प्रदर्शन भएको हो ।

नेपालमा पारलैंगिकहरुको हकअधिकारको कुरा कानूनी रुपमा सम्बोधन नै नभएकाले भन्दै उनीहरुले सो अनुसारको व्यवस्था गर्न पनि माग गरेका छन् । नागरिकता प्रदान गर्दा पनि अन्य वा तेस्रो लिंगीका रुपमा नभई महिला वा पुरुष सरह व्यवहार गरी पारलैंगिक व्यक्तिलाई नागरिकता दिइनु पर्ने माग उनीहरुको छ ।

सन् २०१८ को डिसेम्बर १७ मा ट्रान्सजेन्डरसहित एलजिबिटिआइक्यू प्लस (लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, इन्टरसेक्स, क्वेयर तथा अरु लैंगिक वा यौनिक पहिचान) का व्यक्तिलाई सम्बोधन गर्ने नेपाली भाषाको घोषणा गरेको तथा सो अनुसारको अधिकार माग्ने घोषणा भएको थियो ।

सो स्मृतिमा डिसेम्बर १७ पछिको पहिलो शनिबार पारलैंगिक गौरव यात्रा गर्ने निर्णय अनसार शनिबार परेड भएको क्वेयर युथ ग्रुपले जनाएको छ ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले पहिलो पारलैंगिक गौरव यात्राका केही तस्बिर खिचेकी छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष