काठमाडौँ – संसद विघटन सिफारिसको विरुद्ध माइतीघरमण्डलामा युवाहरुले प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रीपरिषदको आकश्मिक बैठक मार्फत संसद विघटनको सिफारिस लिएर राष्ट्रपतिलाई बुझाएका हुन्। त्यसपछि युवाहरुले माइतीघरमण्डलामा प्रदर्शन गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्री ओलीको विरोध गरेका छन्।

उनीहरुले ‘पञ्चायत रिटन्र्स’, ‘श्री सर्वोच्च अदालत, तिम्रो परीक्षा सुरु भयो’, ‘यो पञ्चायत होइन केपी ओली, तिमी श्री ५ होइनौ’, ‘केपीको अधिनायकवाद खारेज गर’ सहितका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।