काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारसहित आसपासको क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस राष्ट्रपतिलाई गरेसँगै विकसित भएको परिस्थितिलाई मध्यनजर गरि सो क्षेत्रको सुरक्षामा कडाई गरिएको हो ।

नेकपाको स्थायी कमिटि बैठक दिउँसो १ बजेका लागि बोलाइएको भए पनि अहिलेसम्म सुरु भएको छैन । बालुवाटार आसपास क्षेत्रमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।