काठमाडौँ– नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर जलाएर विरोध प्रदर्शन गरेको छ।

सोमबार साँझ राजधानीको शंकरदेव क्याम्पस अगाडि नेवि संघले संसद विघटन गर्ने सरकारको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरेको हो।

प्रधानमन्त्री ओलीले आइतबार संसद विघटन गरेपछि देशभर आन्दोलन चर्किएको छ। विपक्षी दलका साथै सत्तारुढ नेकपाका नेता कार्यकर्तासमेत सडकमा उत्रिएका छन्।

तस्बिरहरु: बर्षा शाह र सुलभ श्रेष्ठ