संसद विघटनको विरोधमा नेपालगञ्जमा जसपाको प्रदर्शन

नेपालगञ्ज – जनता समाजवादी पार्टीले नेपालगञ्जमा विरोध प्रदर्शन गरेको छ।

संसद विघटनको विरोधमा जसपाले नारा जुलुश गरेको हो। जसपाका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए।

एमपी स्कूल नजिकबाट निस्केको जुलुश नाराबाजी गर्दै त्रिभुवनचोक भएर वीपी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो।

कोण सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री मो. इस्तियाक राइले सरकारले गरेको गलत निर्णयलाई अदालतले सच्याउनु पर्ने बताए।

‘देशलाई दुर्घटनाबाट बचाउन अहिलेको अलोकतान्त्रिक र असंवैधानिक निर्णय सच्याउनु पर्छ,’ राइनले थपे, ‘अदालतले यो निर्णय सच्याएन भने हामी सबैले सडकबाट निर्णय सच्याउन दबाब दिनु पर्छ।’

कोण सभामा जिल्ला अध्यक्ष कमरुद्दिन राइन, अम्बिका काफ्ले, हिक्मत विक लगायतले सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधानमा व्यवस्था नै नभएको काम गरेको बताए।

पुस ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्