कोरोना संक्रमणबाट बच्न हुम्लामा दलित परिवारलाई मास्क र साबुन बितरण

सिमकोट-मानव अधिकार संगठन हुम्ला शाखामा आबद्ध मानव अधिकारकर्मीद्धारा सिमकोट गाउँपालिकाका दलित परिवारका सदस्य माक्स तथा सावुन बितरण गरिएको छ।

कोरोना संक्रमणबाट सुरक्षित राख्नका लागि मानवअधिकारकर्मीद्धारा कोरोना सुरक्षाका सामाग्री वितरण गरिएको हो।
न्यून आयश्रोत भएका सिमकोट गाउँपालिका वडा नम्बर ५ र ६ का एक सय बाह्र घरधुरीका ६ सय सदस्यलाई माक्स तथा हात धुने सावन बितरण गरिएको संगठनका उपाध्यक्ष गोबिन्द शाहीले बताए।

सबैलाई एक एक वटा सावन माक्स दिईएको छ। थोरै भएपनि कोरोनाबाट सुरक्षित रहनका लागि यसले सहयोग पुग्ने बिस्वास मानव अधिकारकर्मीले लिएका छन्।

त्योसँगै मानवअघिकारकर्मीहरुले सिमकोट गाउँपालिका कै वडा नम्बर १, २,३ र चारका दलितहरुलाई पनि माक्स तथा सावुन दिने कार्यक्रम रहेको शाहीले बताए।

पुस ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्