मोरिन्होको टिम टोटनह्याम पुग्यो सेमिफाइनलमा

जोसे मोरिन्होको टिम टोटनह्याम लिग (इएफएल) कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अवे मैदानमा बुधबार राति भएको क्वाटर फाइनलमा स्टोक सिटीलाई ३–१ ले पराजित गरि टोटनह्यामले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

टोटनह्यामको जितमा ग्यारेथ बेल, बेन डेविस र ह्यारी केनले गोल गरे । स्टोकका लागि जोर्डन थोम्पसनले एक गोल फर्काए ।

२२ औँ मिनेटमा बेलले गोल गरि टोटनह्यामलाई सुरुवाति अग्रता दिलाए । थोम्पसनले ५३ औँ मिनेटमा स्टोकका लागि बराबरी गोल गरे ।

त्यसपछि टोटनह्यामले दुई गोल गरेर जित दर्ता गरेको हो । ७० औँ मिनेटमा डेविस तथा ८१ औँ मिनेटमा केनले गोल गरेका हुन् ।

फाइनल प्रवेशका लागि टोटनह्यामले ब्रेन्टफोर्डसँग खेल्ने छ ।

पुस ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्