‘लप्पन छप्पन–२’ शिवरात्रीमा, अफिसियल पोस्टर सार्वजनिक

काठमाडौँ– चलचित्र ‘लप्पन छप्पन – २’ शिवरात्रीमा प्रदर्शन हुने भएको छ। निर्माण पक्षले चलचित्रको अफिसियल पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति फागुन २७ गते तय गरेका हुन्।

मुकुन्द भट्टद्वारा निर्माण तथा निर्देशनमा बनेको यो चलचित्र एक्सन ड्रामा हो। यो चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट लगायतका कलाकारको अभिनय रहेको छ।

यस चलचित्रको पटकथामा निर्देशक भट्ट र अमित शर्माले काम गरेका छन् भने, संवादमा निर्देशक भट्टलाई सुनिल नेृरेले सघाएका छन्।

चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका छन्। चलचित्रको संगीत शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट, एमआर आरजे, दिपक आरे र बुलेट फ्लोको संगीत छ।

पुस ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्