पाएनन् महिलाले सुत्केरीले भत्ता

सिमकोट – हुम्लाको दक्षिणी क्षेत्रका सुत्केरी महिलाहरुले आफूहरुले पाउनु पर्ने भत्ता नपाएको गुनासो गरेका छन् ।

प्रसुति गृहमा सुत्केरी हुनेलाई निश्चित रकम भत्ता दिने सरकारी व्यवस्था छ । तर गाउँपालिकाबाट रकम निकासा नहुँदा भत्ता नपाएको महिलाहरुले बताएका छन् ।

गएको कात्तिक महिनामा सुत्केरी भएकी ताँजाकोट गाउँपालिका वडा नम्बर २ मैला गाउँकी राजपुरा सुनारले हालसम्म सुत्केरी र गर्भवती जाँच गरे बापत पाउने भत्ता पाएकी छैनन् । भत्ताकै लागि तीन पटक स्वास्थ्य चौकीमा पुग्दा गाउँपालिकाबाट भत्ता नआएकोले दिन नसकिएको जवाफ पाएको उनले बताइन् ।

सुत्केरी भएकै बेला दिएर पोषिलो खानेकुराका लागि पाउनु पर्ने भत्ता सात महिनासम्म नपाएको अर्की सुत्केरी गरी बुढाले बताइन् । उनी गए असारमै सुत्केरी भएकी हुन् ।

सुत्केरी भत्ताका साथै गर्भजाँच गराएको भत्ता पनि नपाएको गुनासो बुढाको छ । राज्यबाट गर्भवती महिलालाई प्रसुती गृहमा सुरक्षित सुत्केरी गराउनका लागि प्रोत्साहन स्वरुप भत्ताको व्यवस्था गरेपनि कार्यक्रम कार्यान्वयन गर्ने निकायको लापरवाही गर्दा हालसम्म भत्ता नपाएका हुन् ।

प्रसती गृहमा सुत्केरी भए हुने महिलाले तीन हजार प्रोत्साहन भत्ता र गर्भवती भएका बेला चारपटक गर्भजाँच गरे बापत प्रति पटक दुई सयका दर आठ सय गरि एक महिलाले तीन हजार आठ सय रुपैयाँ पाउँछन् ।

पुस १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्