काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता दाबी गर्दै आएको प्रचण्ड–नेपाल पक्षले सडकमा शक्ति प्रदर्शन तथा आन्दोलन औपचारिक रुपमा थालेको छ ।

सो पक्षका शीर्ष नेताको नेतृत्वमा शुक्रबार (अहिले बिहान) काठमाडौँको माइतीघर मण्डालमा बृहत आन्दोलन भइरहेको छ । दुई अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सडकको बिचमा बसेर नाराबाजी गरिरहेका छन् ।

आन्दोलनमा झलनाथ खनाल, भीम रावल, पम्फा भुसालसहित सो पक्षका सम्पूर्ण शीर्ष नेताको सहभागिता छ ।

माइतीघरमा नाराबाजी गरेपछि उनीहरु पार्टीको आधिकारिकता दाबी गर्नका लागि आफ्नो खेमामा रहेका सबै केन्द्रीय सदस्य तथा सांसदहरुसहित शुक्रबार निर्वाचन आयोग जाने छन् ।

आफूहरुको पक्षमा बहुमत रहेको र आफूहरु नै आधिकारिक नेकपा रहेको देखाउनका लागि प्रचण्ड–नेपाल पक्षले आन्दोलनसहित बृहत टोली लिएर आयोग जान लागेको हो ।