फाेटाे फिचर

नीलगिरीको काखमा शान्त, कञ्चन क्षमा ताल (तस्बिरहरु)

मुस्ताङ (घरपझोङ) – उच्च पहाड र हिमालहरुको बस्ती भने पनि हुने मुस्ताङ नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो ।

हिमाल, हिमाली जनजीविका, नांगा पहाड, स्वच्छ नदीहरु तथा यी सबैको एकीकृत मनोरम रुपले स्वदेश तथा विदेशी पर्यटकलाई मुस्ताङ तान्छ । कोरोना भाइरसको महामारीका कारण पछिल्लो ९ महिना यता मुस्ताङ क्षेत्र घुमन्तेहरुको नजरबाट प्राय पर छ ।

तर काम विशेषले पुग्नेहरुले भने यो समयमा पनि मुस्ताङलाई धित नमरुन्जेल हेर्न नपाएका छन् ।

मुस्ताङ जति हिमाल र हिमाली बस्तीहरुका लागि परिचित छ त्यति नै मनोरम छन् यहाँका तालहरु । यहाँका तालहरु मध्ये क्षमा ताल आकर्षणको केन्द्रमा पर्छ ।

नीलगिरी हिमालको फेदीमा रहेको क्षमा तालमा मुस्ताङ पुग्नेहरु सकेसम्म जान चाहन्छन् । घरपझोङ गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने सो ताल कैशाङ क्याम्प हुँदै पुग्न सकिन्छ ।

क्षमा तालबारे सुनेकाहरु त्यहाँ पुग्न चाहने भए पनि सम्भावना भएको यो क्षेत्रको व्यवस्थापन भने राम्रोसँग हुन सकेको छैन । अब ताललाई पर्यटकीय रुपमा थप व्यवस्थित र आकर्षक बनाउनका लागि काम गरिने गाउँपालिकाले जनाएको छ ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले केही दिन पहिले मुस्ताङको मनोरम क्षमा ताल पुगेकी थिइन् । उनले सो तालको मनोरम दृष्य केही तस्बिरमा समेट्ने प्रयास गरेकी छन् ।

पुस ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्