दोजाम कर्णालीमा पुल नुहँदा सास्ती

सिमकोट – कर्णाली नदीको दोभानमा दोजाम कर्णाली नदीमा पुल नहुँदा स्थानीयसँगै विकास निर्माणका काममा समस्या भएको छ । पुल नहुँदा जेसिभी मेशिन र ट्रयाक्टरमा सामान राखेर तार्ने गरिएको हो ।

कर्णाली करिडोरको सिमकोट खार्पु खण्डमा पर्ने दोजाम कर्णालीमा ट्रयाक्टर भने तर्न मिल्ने भएको चालक सुमन श्रेष्ठले बताए । अहिले नदीमा बहाव कम भएकाले ट्रयाक्टर तर्न थालेका हुन् ।

ट्रयाक्टरमा सामान लोड गरेर जोखिम उठाउँदै नदी तर्नु परेको स्थानीयले बताएका छन् ।

हिल्सा–सिमकोट सडक आयोजनाले उक्त नदीमा हालसम्म पुल बनाउने कार्य अगाडि नबढाएका कारण समस्या भएको चालक श्रेष्ठले बताए । नदी भित्रका ढुङ्गा नमिलेका कारण ट्याक्टर हल्लीने र पानी ट्रलीसम्म आउँदा जोखिम हुने गरेको छ ।

पुस १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्