तिब्बत सम्बन्धी अमेरिकी नयाँ कानून अस्वीकार्यः चीन

चीनको विदेश मन्त्रालयले तिब्बत सम्बन्धमा अमेरिकाले हालै ल्याएको नयाँ कानून स्पष्ट रुपमा अस्वीकार्य नरहेको बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयले सोमबार हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको तिब्बत सम्बन्धी कानूनको निन्दा गरेका हुन् ।
विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले तिब्बत सम्बन्धी विषय आन्तरिक मामिला रहेको बताएका हुन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सप्ताअन्तमा तिब्बतीयन पोलिसी एण्ड सपोर्ट एक्टमा हस्ताक्षर गरेका हुन् ।
त्यसमा दलाई लामाको उत्तराधिकारी चयन गर्नु तिब्बतीयनहरुको नैसर्गिक अधिकार रहेको उल्लेख छ । सोही अनुसार गर्नका लागि लाह्सास्थित अमेरिकी कन्सुलेटलाई आग्रह पनि गरिएको छ ।