संसद विघटनविरुद्ध प्रचण्ड-माधव समूहको नेपालगञ्जमा प्रदर्शन

नेपालगञ्ज-नेकपा प्रचण्ड-माधव समूहले नेपालगञ्जमा विरोध प्रदर्शन गरेका छन्।

जिल्लाका विभिन्न ठाउँबाट आएका नेता तथा कार्यकर्ताहरुले नेपालगञ्जमा प्रदर्शन गरेका थिए।

‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’लेखिएको ब्यानरमा नेकपा प्रचण्ड–माधव समूहले प्रदर्शन गरेका हुन्।

नेपालगञ्जको वीपीचोकबाट नारा लगाउदै निस्केको जुलुश बजार परिक्रमा गरी त्रिभुवनचोकमा पुगेर कोण सभामा परिणत भएको थियो।

कोण सभालाई सम्बोधन गर्दै नेताहरु अथक र दलबहादुर सुनारले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भएकाले सच्याउन चेतावनी दिए । उनीहरुले अदालतबाट असंवैधानिक कदम नसच्चिए सकडबाट फाल्ने बताए।

प्रदर्शनका क्रममा नेता तथा कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा नाराबाजी गरेका थिए ।

पुस १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्