काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध विभिन्न राजनीतिक दलहरुले प्रदर्शन जारी राखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको लगातार विरोध गर्दै आएको विवेकशील पार्टीले आइतबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले प्रधानमन्त्रीबाट संसद विघटनलाई राजनीतिक ‘कू’ को शंज्ञा दिएका छन्। अहिलेको समय खोपको भए पनि प्रधानमन्त्री कू मा लागेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

‘यो समय भ्याक्सिनको हो प्रम ज्यू, कू मतिमा नलाग्नुस्’, ‘अमर रहोस् लोकतन्त्र अन्त्य होस लुटतन्त्र’, ‘प्रमज्यू, डल्लो साबुन र पानी भन्दा कोरोना विरुद्धको खोपको कुरा गर्नुस्’, ‘असंवैधानिक संसद विघटन खारेज गर’ सहितका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।