बादशाहको ‘गेन्दा फूल’ धेरै हेरिएको भारतीय भिडियो, क्यारी मिनाटी उत्कृष्ट सर्जक

र्‍यापर बादशाहको ‘गेन्दा फूल’ सन् २०२० मा भारतमा सबैभन्दा धेरै हेरिएको भिडियो भएको छ। एक वर्ष अगाडि राखिएको भिडियोलाई ७० करोड पटक हेरिएको छ।

युट्युब इन्डियाले सार्वजनिक गरेको तथ्यांकले क्यारी मिनाटीको नामले चिनिएका युट्युबर अजय नागर सन् २०२० को उत्कृष्ट सर्जक भएको उल्लेख गरेको छ।

गायक बि पार्कको ‘दिन तोड के’, ‘मोटो’ अनि वरुण धवन र श्रद्धा कपूर अभिनित चलचित्र ‘स्ट्रिट डान्सर ३ डी’ को ‘इलिगल वेपन २.० र मुकाबला’ पनि धेरै हेरिएका १० भिडियोको सूचिमा परेको छ।

युट्युबमा विवादास्पद भिडियो ‘युट्युब भर्सेस टिकटक, द इन्ड’ राखेर ट्रेन्डिङमा आएका क्यारी मिनाटीको युट्युबमा २ करोड ७५ लाख ससक्राइबर भएका छन्। उनलाई भारतका प्रख्यात युट्युबर, अनलाईन गेम खेल्ने कम्पनी, खेलाडिहरुले पछ्याएका छन्।

यस्तै आशिष चञ्चलानीको भिडियोहरु पनि यो वर्ष भारतमा धेरै हेरिएको भिडियो भयो। टेलिभिजन श्रृंखला ‘तारक मेहेताका उल्टा चश्मा’ को एउटा श्रृंखला धेरै हेरिएको युट्युब भिडियोमा परेकाे छ।

पुस २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्