एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

दाङ– दाङमा एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका–१० नारायणपुर सौडिकुलामा लमही अस्पतालको रा १ झ १०२ नम्बरको एम्बुलेन्सले रा ४ प १५६६ नम्बरको स्कुटर लाई ठक्कर दिँदा स्कुटर चालक घोराही–१० बस्ने ६८ वर्षिय टोपेन्द्र कुमार पोख्रेलको मृत्यु भएको हो।

पोख्रेलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिए।

एम्बुलेन्स तुलसीपुरबाट घोराही आउँदै गरेको र स्कुटर घोराहीबाट नारायणपुर बजारतर्फ जाँदै गर्दा ठोक्किएको हो। एम्बुलेन्स चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् भने एम्बुलेन्स ट्राफिक प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ।

पुस २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्