ओली समूहले गर्‍यो भीम रावलसहित तीन नेतालाई कारबाही

भीम रावल/फाइल तस्बिर।

धनगढी– नेकपा प्रचण्ड–माधव समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलसहित तीनजना नेतालाई ओली समूहले कारवाही गर्दै पदबाट हटाउन सिफारिस गरेको छ।

बुधबार धनगढीमा बसेको नेकपा ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकले खाताबाट ३० लाख झिकेर अनियमितता गरेको आरोप लगाउँदै इन्चार्ज भीम रावल, प्रदेश सचिव नेप बहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारवाही गर्न केन्द्रमा सिफारिस गरेको नेकपा (ओली पक्ष)का प्रदेश अध्यक्ष कर्ण बहादुर थापाले बताए।

उनीहरुले पार्टी आचरण विरुद्ध काम गरी आर्थिक अनियमितता गरेको भन्दै कारवाही गर्न सिफारिस गरेको अध्यक्ष थापाले बताए।

यसअघि पुस १७ गते धनगढीमै सम्पन्न प्रचण्ड –माधव पक्षको प्रदेश कमिटी बैठकले नेकपाका अध्यक्ष कर्ण थापासहित चार जिल्लाका अध्यक्षलाई आचरण विपरित काम गरेको भन्दै कारवाही गर्ने निर्णय गरेको थियो।

पुस २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्