नतिजा उल्ट्याउने ट्रम्प चाहनाले निम्त्यायो राजधानीमा हिंसा

ट्वीटरले गर्‍यो ट्रम्पको एकाउन्ट लक

सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट ‘लक’ गरेको छ । कम्तिमा १२ घण्टाका लागि ट्रम्पको एकाउन्ट लक गरिएको ट्वीटरले जनाएको छ ।

चुनावबारे प्रमाण बिहीन दाबीसहितको ट्वीटका कारण उनको एकाउन्ट लक गरिएको ट्वीटरले जनाएको छ ।

ट्वीटरले भनेको छ, ‘अहिले भइरहेको असामान्यत गतिविधि र वासिङ्गटन डिसीमा जारी हिंसात्मक गतिविधिका कारण @realDonaldTrump ले आज पोस्ट गरेका तीन ट्वीट हटाउनु परेको छ, ती ट्वीटले हाम्रो नीति उल्लंघन गरेका छन् । ट्रम्पले तीन ट्वीट डिलिट नगरेमा उनको एकाउन्ट लक नै रहने छ ।

भविष्यमा यस्ता कुनै गतिविधि भएमा ट्वीटर ह्याण्डल @realDonaldTrump सदाका लागि हटाउन बाध्य हुने सामाजिक सञ्जालले बताएको छ ।

यसैबिच ट्रम्पले आफ्ना हतियारधारी प्रदर्शनकारीलाई उनीहरुले संसद भवनमा आक्रमण गरिरहेका बेला गरेको सम्बोधनको भिडियो फेसबुक, युट्युब र ट्वीटरले हटाएका छन् ।

ट्रम्पले प्रमाण बिना धाँधली गरेर आफूबाट चुनावी नतिजा खोसिएको आरोप लगाएका थिए सो भिडियोमा ।

 

पुस २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्