अमेरिकी माथिल्लो सदनमा शक्तिमा फर्कियो डेमोक्र्याटिक पार्टी, रिपब्लिकनलाई गम्भीर धक्का

अमेरिकी माथिल्लो सदनमा डेमोक्र्याटिक पार्टीले पकड कायम गरेको छ ।
जर्जिया राज्यमा भएको सिनेटका दुई सिटको रनअफ चुनावमा डेमोक्र्याटिक उम्मेदवार विजयी भएका छन् ।
राफायल वार्नक र जोन असफ विजयी भएसँगै माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक पार्टीको ५० सिट पुगेको छ । दुई सिनेटर पराजित भएसँगै रिपब्लिकन पार्टी पनि ५० सदस्यमा समेटिएको छ ।
सिनेटको अध्यक्षका रुपमा उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले टाइब्रेक गर्ने छिन्, र उनी डेमोक्र्याट रहेकाले सिनेटमा शक्तिमा फर्किन सफल भएको हो डेमोक्र्याटिक पार्टी ।
राफालय वार्नकले केली लेफ्लर तथा जोन असफले डेविड पर्ड्यूलाई पराजित गरेका हुन् । योसँगै तल्लो तथा माथिल्लो सदन एवम् ह्वाइट हाउसमा डेमोक्र्याटिक पार्टीको पकड भएको छ ।
वार्नक जर्जियाबाट सिनेटमा प्रतिनिधित्व गर्ने पहिलो अश्वेत अमेरिकी बनेका छन् । यस्तै ३३ वर्षे असफ कम उमेरका सिनेट सदस्य बनेका छन् । उनी खोज पत्रकार तथा वृत्तचित्र निर्माता हुन् ।