‘लकडाउनमा पनि ‘एक्सपल्स’ बाइकले बजार लियो’

काठमाडौँ–हिरोको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ्गले गतवर्ष नेपाली बजारमा भित्र्यायो ‘एक्सपल्स’बाइक। यो बाइक भित्र्याएको छोटो समयमा नै नेपाली बजारमा यसको बिक्री बढेर गयो । केही महिनामै एक्सपल्सका करीब ४ हजार तीन सय ६० वटा बाइक बिक्री भए।

सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि भने यो बाइकको व्यापारमा प्रभाव भने केही प्रभाव त पर्‍यो नै। तर त्यसपछि बाइकको बिक्री निरन्तर भइरहेको  सेल्स पर्सन राजीव जोशी बताउँछन्।

उनी भन्छन्,’कोरोनाका कारणले लकडाउन भयो। त्यो समयमा देख्दा व्यापार नै ठप्प हुन्छ कि भन्ने लागिरहेको थियो । तर लकडाउनपछि जुन उत्साह बजारमा देखियो,यसले सोचेको भन्दा ठीक उल्टो भइदियो।बाइकको बिक्री उत्साहपूर्ण तरिकाले अगाडि बढ्यो । दुई पाङग्रे गाडीको बजारले निरन्तरता पायो। त्यसमा पनि एक्सपल्सले अझै एक्स्ट्रा बजार लियो।’

नेपालमा उक्त बाइक एक्सपल्स २०० र एक्सपल्स २०० टी गरी दुई वटा भेरियन्टमा उपलब्ध रहेको उनी बताउँछन्। एक्सपल्स २०० बाइरोडको लागि हो भने एक्सपल्स २०० टी अनरोडका लागि भएको जोशीको भनाइ छ।

दुवै मोडलका फिचरहरु भिन्न नभए पनि टायरमा भने भिन्नता रहेको उनी बताउँछन्। एक्सपल्स २०० अफरोड भेरियन्ट भएकाले यसमा स्पोक टायर रहेको छ। यस्तो टायरले बाटोमा रहेका खाल्टाखुल्टीलाई सजिलै पार गर्न सक्ने र उक्त टायरको साइज २१ इन्च रहेको उनी बताउँछन्।

‘यस बाइकको अगाडिको चक्का ठूलो साइज (२१ इन्च) मा दिएको छ जसमा ट्युब हुन्छ। यसले गर्दा अगाडि ठूला खाल्टाखुल्टी भयो भने त्यसलाई पार गर्न सजिलो हुन्छ’, उनले भने, ‘र त सुरक्षित पनि छ।’ यसलाई अफरोडसँगै डट भर्जन पनि भन्ने गरिन्छ।

बाइकको अगाडिको चक्कामा ३७ एमएम टेलिस्कोपिक फर्कसँगै १९० एमएम स्ट्रोक र रियरमा १० स्टेप एडजस्टेबल ग्यास चार्ज मनोशक युनिट लगाइएको उनको भनाइ छ। पछाडिको चक्कामा भने १७० एमएम ट्राभल युनिट लगाइएको उनी बताउँछन्।

एक्सपल्स २०० टी अनरोड भेरियन्टमा यल्लो टायर भएकाले यसमा ट्युबलेस पनि आउने उनी बताउँछन्। उनी भन्छन्, ‘यी दुवै बाइकमा डिजिटल डिसप्ले, एलइडी हेडलाइट, पेट्रोल ट्याङकी साइज, २०० सीसी इन्जिन, ब्लुटुथबाट मोबाइल कनेक्ट सुविधा उस्तै रहेको छ।’

उनका अनुसार मोर्डन रेट्रो र फङ्सनल डिजाइनमा निर्माण गरिएको एक्सपल्स बाइकमा आकर्षक फ्युल ट्यांकी, राउन्ड हेडल्याम्प,आर्कषक टेलाइट, इन्जिन किल स्विच, रियर ग्राब रेल, फ्रन्ट साइडमा विन्ड स्क्रिनले बाइकलाई आकर्षक देखिएको छ।

एक्सपल्समा २०० सीसी, लिक्वीड कुल सिङ्गल सिलिन्डर टु भल्भ इन्जिन दिएको छ भने उक्त इन्जिनले १८.४ पीएस पावर र १७.१ एनएम टर्क प्रदान गर्छ। यसलाई सेल्फ तथा किक गरी दुवै सुविधा दिइएको छ । साथै यसमा फाइभ–स्पीड गियरबक्स जडान गरिएको छ।

त्यतिमात्रै नभएर आल्मुनियम ब्यास प्लेट, नकल गार्ड, हाई माउन्ट मडगार्ड लगायतका विशेषता यो बक्समा रहेको छ। यस्तै यसमा फ्रन्टमा २७६ एमएम डिस्क ब्रेक छ भने रेयरमा २२० एमएम डिस्क छ । एक्सपल्सको सिटहाइट ८२३ एमएम र २२० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ। मोटरसाइकलमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ।

नेपाली बजारमा एक्सपल्स २०० बाइकको मूल्य ३ लाख ५१ हजार पाँच सय रुपैयाँ रहेको छ भने एक्सपल्स २०० टीको ३ लाख ४० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

विशेषगरी एडभेन्चर गर्न रुचाउने तथा मोटरसाइकलमा नयाँ-नयाँ ठाँउ घुम्न रुचाउने वर्गहरुलाई लक्षित गरी ‘एक्सपल्स २००’निर्माण गरिएको छ। एक्सपल्स २०० टी को तुलनामा अफरोड मोटरसाइकल (एक्सपल्स २००) ग्राकहहरुले बढी रुचाइएको देखिन्छ। यसको माग नै बजारमा बढि रहेको जोशीले बताए।

एक्सपल्स २०० मा के–के छन् सुविधा ?


कम्पनीमा मोटरसाइकल एक्सचेन्जको सुविधा रहेको र कुनै पनि समयमा सो सुविधाको उपभोग ग्राहकहरुले जुनसुकै समयमा पनि गर्नसक्नेछन्।

कम्पनीका जुनसुकै सोरुमबाट एक्सचेन्जको सुविधा लिन सकिनेछ। कम्पनीले फाइनान्सको सुविधा पनि दिएको छ। फाइनान्समा सो मोटरसाइकल खरिद गर्दा ५० प्रतिशत डाउन पेमेन्ट, ६० प्रतिशत इन्ट्रेस्ट र २ वर्षको अवधि रहनेछ।

मोटरसाइकलको प्रत्येक खरिदमा एउटा हेलमेट निशुल्क दिइरहेको, ९ पटक फ्री सर्भिसिङका साथै म्यानुफ्याक्चरको डिफेक्टमा पाँच वर्षको वारेन्टीको सुविधा रहेको छ।

उक्त मोटरसाइकलका लागि चाहिने स्पेयर पार्टसहरु पनि कम्पनीले सहजै उपलब्ध गराउने उनले बताए। भारतीय कम्पनी भएकाले स्पेयर पार्टसका लागि असहज नहुने उनले बताए।

काठमाडौँ उपत्यकाभित्र कम्पनीकै ६ ठाँउबाट र ४ डिलरबाट गरी १० ठाँउबाट सो मोटरसाइकल खरिद गर्न सकिने तया अन्य सुविधा लिन सकिन्छ।

उक्त सुविधाहरु लिने ठाँउ कान्तिपथ, टेकु, बुधबारी कम्पलेक्स, बालाजु, मित्रपार्क, बालकुमारी, कुमारीपाटी, ज्ञानेश्वर, सोल्टीमोडको रविभवन र भक्तपुर सल्लाघारी रहेका छन्।

पुस २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्