काठमाडौँ– नेपाल विद्यार्थी संघले संसद विघटनको विरोधमा उल्टो हिँडेर प्रदर्शन गरेको छ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै नेवि संघले उल्टो हिँडेर विरोध प्रदर्शन गरेको हो।

नेवि संघ केन्द्रीय कार्यसमितिको आयोजनामा राजधानीको माइतिघर मण्डलामा उल्टो हिँडेर प्रदर्शन गरिकएको हो।

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि त्यसको विरोधमा पछिल्लो समय देशभर प्रदर्शन भइरहेको छ।