इन्डोनेसियामा ६२ जना चढेको जहाज दुर्घटना

इन्डोनेसियाको स्रीविजया एयरको एउटा जहाज जकार्ताबाट उडेको केहीबेरमै शनिबार बेलुकी दुर्घटनामा परेको छ।

जकार्ताबाट इन्डोनेसियाकै पोन्टियानाकका लागि उडेको उक्त जहाज उडेको केही बेरमै दुर्घटनामा परेको अधिकारीहरुले जानकारी दिएका छन्। जहाजमा चालक दलका १२ सहित ६२ जना सवार थिए। ५० जना यात्रुहरुमध्ये ४३ वयस्क र ७ जना बालबालिका रहेको पनि इन्डोनेसियाली अधिकारीहरुले जानकारी दिएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जहाज विमानस्थलबाट २० किलोमिटर टाढा दुर्घटनामा परेको हो। भीषण बर्षाका कारण निर्धारित समयभन्दा आधा घन्टा ढिला उडेको उक्त जहाज दुर्घटनामा परेको हो।

पुस २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्