पुछारको टिमसँग रोकियो रियल मड्रिड

शीर्ष स्थानको होडमा रहेको रियल मड्रिड रेलिगेशनबाट जोगिन संघर्षरत ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको छ ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले ओसासुनामाथि जित निकाल्न नसकेको हो । अवे मैदानमा भएको खेलमा गोल गर्ने केही मौका बनाए पनि रियल मड्रिडले खाता खोल्न सकेन ।

फिलोमिना आँधीका कारण खेल हुने–नहुने अन्तिम समयसम्म निश्चित भएको थिएन, तर मैदानमा जमेको हिउँ पन्छ्यार खेल भयो ।
रियल मड्रिडका करिम बेन्जिमा र सर्जियो रामेसले गोल गरेका थिए, तर ती गोलले मान्यता पाएनन् ।

बराबरीपछि रियल मड्रिड १८ खेलबाट ३७ अंकसहित दोस्रो स्थानमा छ । १५ खेलबाट ३८ अंकसहित एथ्लेटिको मड्रिड शीर्ष स्थानमा कायम छ । ओसासुना १७ खेलबाट १५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।

पुस २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्