झापा र मोरङमा भएका दुर्घटनामा तीनजानको मृत्यु

सांकेतिक तस्बिर।

मोरङ – विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङ र झापामा शनिबार भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

मोरङको उर्लाबारी नगरपालिका ८ मा को २० प ९७२७ नम्बरको मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिदाँ ७ वर्षीया अजिता ओझा घाइते भएकी थिइन्।

स्थानीय दीपिका ओझाकी घाइते छोरी अजिताको उपचारका क्रममा उर्लाबारीकै गोदावरी अस्पतालमा मृत्यु भएको हो।

घटनामा मोटरसाईकल चालक उर्लाबारीकै ५० वर्षीय विनोद अग्रवाल भने घाइते भएका छन्। घटनाबारे ईलाका प्रहरी कार्यालय उर्लाबारीले अनुसन्धान गरिरहेको छ।

त्यसैगरि, झापाको बुद्धशान्ति गाउँपालिका–३ झिलमिले पुल नजिक शनिबार दिउँसो मे १ च ५३९६ नम्बरको पिकअप र मे २ प ६९८४ नम्बरको मोटरसाईकल ठोक्किँदा घाइते भएका मोटरसाईकल चालक छत्रबहादुर मगरको मृत्यु भएको छ।

झापा अर्जुनधाराका ५३ वर्षीय मगरको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।

यसैगरी झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा शनिबार राति करिब ९ बजे मे ३ प ९८९६ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ घाइते ३७ वर्षीय चालक छविरमण ढकालको मृत्यु भएको छ। घाइते ढकालको विर्तामोडस्थित बि.एण्ड.सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

पुस २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्