मलाई पृथ्वीनारायण शाहलाई श्रद्धाञ्जलि दिनबाट रोकियो: मनीषा

काठमाडौँ- अभिनेत्री तथा सामाजिक अभियन्ता मनीषा कोइरालालाई पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीका अवसरमा सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि दिन प्रशासनले अवरोध गरेको छ।
केही दिनअघि देखि नै पृथ्वी जयन्तीका दिन मनीषाले सबैलाई एकताबद्ध हुन आग्रह गर्दै पृथ्वीनारायण शाहको स्मरण गर्न र उनीप्रति सम्मान व्यक्त गर्न आह्वान गरेकी थिइन्।
सोमबार पृथ्वी जयन्तीका दिन रत्नपार्कबाट एउटा समूहको नेतृत्व गरी पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि दिन सिंहदरबारतर्फ जाँदै गर्दा मनीषालाई भद्रकालीमै रोकिएको थियो।
‘मलाई भद्रकालीमा रोकियो, राष्ट्रको नायकप्रति श्रद्धाञ्जलिसम्म दिन दिइएन,’ उनले देशसञ्चारसँग भनिन्।

भद्रकालीबाट प्रहरीले सानो समूहबाट मात्र मानिसहरुलाई सिंहदरबारतर्फ जान दिएको थियो। सहभागीहरुका अनुसार श्रद्धाञ्जलिका लागि तयार गरिएका मालाहरु चुँडालिएका थिए भने प्रहरीले सहभागीहरुलाई भद्रकालीमै अवरोध गरेको थियो।
‘पृथ्वी जयन्तीका दिन धेरै मानिस भेला हुन नपाउन् भनेर प्रशासनले गरेको नियोजित षड्यन्त्र हो यो,’ एक सहभागीले भने।
पृथ्वीनारायणप्रति श्रद्धाञ्जलि दिँदै मनीषाले सिंहदरबारमा आफ्ना केही अभिव्यक्ति राख्ने तयारीसमेत गरेकी थिइन्।
‘मैले राष्ट्रनायकप्रति श्रद्धाञ्जलि दिन चाहेको थिएँ, तर प्रशासनले रोक्यो,’ मनीषाले भनिन्।
अभिनेत्री कोइरालाले पृथ्वीनारायण शाहको श्रद्धाञ्जलि दिने क्रममा बोल्न तयार पारेको अभिव्यक्ति देशसञ्चारले प्रकाशित गरेको छ।
कोइरालाले सामाजिक सञ्जालबाट पनि अवरोधप्रति आक्रोश पोखेकी छिन्।
उनले सामाजिक सञ्जाल ट्वीटरमा सरकारले निन्दनीय कार्य गरेको बताएकी छन्। उनले लेखेकी छन्, ‘पृथ्वी नारायणको शालिक अगाडी नै सरकार को यो आपत्तिजनक कार्य ?
पानीको फोहरा र टियर ग्यास सहितनै तैनात प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो ?’
मैले आशा गरेकिथिए क़ि जनताको राष्ट्रीय एकता प्रतीकों सामूहिक भावलाई सरकार ले सम्मान गर्ने छ।तर उस्को व्यवहार ठीक उल्टो देखियो। पृथ्वी नारायणको शालिक अगाडी नै सरकार को यो आपत्तिजनक कार्य?
पानीको फोहरा र टियर ग्यास सहितनै तैनात प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो?— Manisha Koirala (@mkoirala) January 11, 2021
त्यसको केही समयमा उनले पुन ट्वीट गर्दै भनेकी छन्, सरकार र राजनीतिक नेताहरूले सभा वा भेला गर्न पाउने, आम जनताले राष्ट्रनिर्माता प्रति एकभई श्रधांजलि दीन नापाउने ?’ उनले आमव्यक्तिको भेला हूने मौलिक अधिकार खोसेर सरकार अधिनायकबाद तर्फ उन्मुख भएको बताएकी छन्।
राष्ट्रीय एकता दिवसको अवसरमा सरकारको व्यवहार निन्दनीय छ। सरकार र राजनीतिक नेताहरूले सभा वा भेला गर्न पाउने, आम जनताले राष्ट्रनिर्माता प्रति एकभई श्रधांजलि दीन नापाउने?
आमव्यक्ति को भेला हूने मौलिक अधिकार खोसेर सरकार अधिनायकबाद तर्फ उन्मुख छ।— Manisha Koirala (@mkoirala) January 11, 2021