नेपालमा थपिए ४८८ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप ४८८ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५२७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ। हाल देशभर ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा ३ हजार ३ सय ९ पीसीआर परीक्षण भएको छ। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय २७ पुगेको छ।

पुस २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्