कुन जिल्लामा कति संक्रमित थपिए?

नेपालमा पछिल्लो २४ घण्टामा थप ४८८ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलाममा २, झापामा ४, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा १, मोरङमा ८, सुनसरीमा १, सोलुखुम्बुमा १, धनुषाका १, पर्सामा २, महोत्तरीमा १, काठमाडौँमा २३०, काभ्रेमा ८, चितवनमा २०, दोलखामा ३, धादिङमा १, भक्तपुरमा १५, मकवानपुरमा ५, ललितपुरमा ६९ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै सिन्धुलीमा २, कास्कीमा ८, गोरखामा ३, तनहुँमा ३, नवलपरासीपुर्वमा ११, पर्वतमा ११, म्याग्दीमा २, लमजुङमा १, बागलुङमा ५, अर्घाखाँचीमा १, कपिलवस्तुमा ३, दाङमा ३, नवलपरासीमा २, पाल्पामा १, बर्दियामा ५, बाँकेमा १८, रुपन्देहीमा २१, रोल्पामा २, अछाममा १, कञ्चनपुरमा ३, कैलालीमा ३, बझाङमा १ र बैतडीमा १ जना संक्रमित थपिएका छन्। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय २७ पुगेको छ।

पुस २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्