पृथ्वी जयन्तीका अवसरमा ‘त्यही सच्चा नेपाली’ गीत सार्वजनिक

काठमाडौँ– एकता दिवसको अवसरमा राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ सार्वजनिक भएको छ। राजन इशान र देविका बन्दनाको स्वरमा बनेको गीतमा आनन्द अधिकारीको शब्द अनि राजनको संगीत रहेको छ।

गीतमा सँस्कृतिविद् सत्यमाहन जोही, वरिष्ट कलाकार नीर शाह, गौरी मल्ल, करिश्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, दिपाश्री निरौला, निदेश डिसी, नम्रता सापकोटा, कविता शर्मा, प्रशान्त ताम्राकार, आकाश श्रेष्ठ, दिलिप रायमाझी, छुल्ठीम गुरुङ, गायिका देविका बन्दना लगायत ३० भन्दा धेरै कलाकारहरुको अभिनय रहेका छ। यो गीतको निर्देशन रोशनी केसीले गरेकी हुन्।

हुन्।

यो गीतलाई लोकतन्त्रपार्क, पाटक, पशुपति क्षेत्र, लगायतका स्थानमा छायाँकन गरिएको छ। यो गीतको छायाँकन रामशरण उप्रेतिले गरेका हुन् भने भिडियोको कोरियोग्राफि विक्रम स्वारको रहेको छ। भिडियोलाई अर्जुन जीसिले सम्पादन गरेका छन्।

पुस २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्