काठमाडौँ– माघे संक्रान्ति नजिकिँदै गर्दा तरकारी बजार पनि माघमय भएको छ। उपत्यकाका दुई ठूला तरकारी बजार कालिमाटी र बल्खुमा माघ १ गते संक्रान्तिमा खानको लागि तरुलको चाङ लागेको छ।

जाडो महिनामा शरीरलाई चिसोबाट जोगाउनको लागि घिउ चाकुसँगै खनिजयुक्त तरुल पनि खाने गरिन्छ।

हिन्दु सँस्कृति अनुसार यो खाद्य सामग्री माघ १ गते विशेष रुपमा तरुलको विभिन्‍न परिकार बनाएर खाने गरिन्छ। त्यसैले पनि बजारमा माघ नजिकिएसँगै तरुल देखिछ। उपत्यका बाहिरका विभिन्न स्थानबाट पनि तरुल विक्रिका लागि आइपुग्छन्। उपत्यकामा सबैभन्दा धेरै तरकारी खपत हुने कालिमाटी र बल्खु तरकारी बजारमा तरुल, सखरखण्ड, पिडालु विक्रिका लागि राखिएको छ।

बजारमा वन तरुल, पाताले तरुल लगायत विभिन्न किसिमका तरुलहरु रहेका छन्। बजारमा तरुल किन्नेकाे घुइँचाे लागेकाे छ।