कति सन्तान चाहन्छिन् प्रियंका चोपडा ?

बलिउड स्टार प्रियंका चोपडाले पछिल्लो अन्तवार्तामा आफूले श्रीमान् निक जोनससँग कति सन्तान चाहेको बताएकी छन्।
आफ्नो ठूलो परिवारको योजना गरिरहेकी अभिनेत्रीले केही समय अगाडि त्रिकेट टोली जति सन्तान जन्माउने बताएकी थिइन् ।
तर सन्डे टाइम्ससँग भएको कुराकानीमा उनले आफूले जति सन्तान जन्माउन सक्नेछिन्, त्यति नै जन्माउने बताएकी छन्। उनले भनेकी छन्, ‘क्रिकेट टोली ? म त्यसमा पक्का छैन। म बच्चाहरु चाहन्छु, धेरै जति मै जन्माउन सक्छु।’
निक र प्रियंकाले सन् २०२० मा विवाह गरेका थिए। उनीहरुले सन्तान जन्माउनको लागि केही हतार नभएको पनि बताएका थिए। निकले एक अन्तवार्तामा उनी र उनको सुन्दर श्रीमती सन्तान जन्माउनको लागि समय लिने बताएका थिए।
हाल यी दुवै आफ्नो करियरको काममा व्यस्त छन् र सकेसम्म एकले अर्काको लागि समय निकालिरहेका छन्।
Sunday
Sunday Times Style
Photographer: Christina Ebenezer
Styling: Molly Haylor
Hair: Issac Poleon
Make-up: Ninni Nummela
Nails: Michelle HumphreyPosted by Priyanka Chopra on Sunday, January 10, 2021