मान्छे सुतेर बसे त
कुम्भकर्ण होला
तर उठेर सपना देखे
ऊ सम्भावनाको सगरमाथा हो
विश्वासको आकाश हो
बहाबको अमेजन हो
प्रकाशको पुञ्ज हो

हो,
शितलताको चन्द्रमा हो
दयाको सागर मात्र हैन
बुद्ध नै हो

फरक यति हो
उठेर पनि
सपना देख्ने हो कि हैन?
यो उसको स्वतन्त्रताको कुरा हो

जिन्दगी बरदान हो वा अभिशाप
यो उसको जिउने कलाको
अधिकार हो ।

पुस २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्