उत्कृष्ट पुरुष वर्ष खेलाडी मन्डेकाजी श्रेष्ठ

काठमाडौँ– ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’अन्तर्गत मन्डेकाजी श्रेष्ठले उत्कृष्ट पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन्।

एथ्लेटिक्सका गोपीचन्द्र पार्की, फुटबलका विकेश कुथु, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पार्दै मन्डेकाजीले उत्कृष्ट पुरुष वर्ष खेलाडीको अवार्ड हात पारेका हुन्।

उनले १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई एकल र टीम कातामा गरी दुई स्वर्ण दिलाएका थिए।

पुस २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्