आमाको हत्या गर्ने छोरा २० वर्षपछि पक्राउ, २२ वर्ष कैद

पर्सा-आमाको हत्या गरेको अभियोगमा अदालतबाट २२ बर्ष सजाय पाएका छोरा २० बर्ष पछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका वडा नम्बर २ गेडहीगुठ्ठी टोल वस्ने ४० वर्षीय रामबाबु राय यादव रहेका छन्।

यादवले आफनै आमा चुल्हिया देवी राय यादवलाई २०५६ साल बैशाख ६ गतेका दिन कर्तब्य गरि हत्या गरेका थिए।

पक्राउ परेका रामबाबुलाई कर्तब्य ज्यान उधोग मुदामा दोषी ठहर गर्दै अदालतले २०६० साल मँसिर ८ गते १० वर्ष २ महिना २० दिन र कर्तब्य ज्यान मुदामा १२ बर्ष गरि २२ बर्ष २ महिना २० दिन कैद सजाय तोकेको थियो।

सजाय तोकिएको बेलादेखि नै फरार रहदै आएका रामबाबुलाई प्रहरीले गरुडा नगरपालिका २ गेडहीगुठ्ठी टोलमा फेला पारी पक्राउ गरेको रौतहटका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरिक्षक भरत श्रेष्ठले जानकारी दिए।

पक्राउ परेका उनलाई आवशयक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको श्रेष्ठले बताए ।

पुस २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्