एथ्लेटिको मड्रिडले अग्रता बढायो

स्पेनिस ला लिगाका फुटबलमा लिडर एथ्लेटिको मड्रिडले अग्रता बढाएको छ ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले सेभिल्लालाई २–० ले पराजित गरेको हो ।

एथ्लेटिकोलाई जिताउन १७ औँ मिनेटमा एन्जल कोरिया र ७६ औँ मिनेटमा साउल निगुएजले गोल गरेका हुन् । जितपछि शीर्ष स्थानको एथ्लेटिको मड्रिडको १६ खेलबाट ४१ अंक भएको छ ।

दोस्रो स्थानको रियल मड्रिड १८ खेलबाट ३७ अंक छ । सेभिल्ला १७ खेलबाट ३० अंकसहित छैटौँ स्थानमा छ । अर्को खेलमा ग्रानाडाले ओसासुनालाई २–० ले पराजित गरेको छ ।

पुस २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्