लागुऔषध गाँजासहित श्रीमान–श्रीमती पक्राउ

जनकपुरधाम – सर्लाहीमा लागुऔषध गाँजासहित श्रीमान/श्रीमती पक्राउ परेकी छन्।

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १३ स्थित रेलवे फाँटको बाटोमा विशेष सुराकीको आधारमा दुईजनालाई १० केजी गाँजासहित नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

मोहत्तरी तर्फ जाँदै गरेको ज. ११ प.७९७१ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा गाँजा भेटिएकाे प्रहरीले बताएकाे छ।

पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ३ का ५० वर्षीय नवल किशोर साह र मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती ४० वर्षीय उर्मीला देवी साह रहेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

पुस २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्