एभरेष्ट बैंकद्वारा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली सुरु

काठमाडौँ–एभरेष्ट बैंकले फोनपेसँगको प्राविधिक सहकार्यबाट महालेखा नियन्त्रक कार्यालयको साथ एकीकृत अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली सुरु गरेको छ।

बैंकका व्यवस्थापकहरुका अनुसार यस विद्युतिय भुक्तानी प्रणालीले ठूलो मात्रामा सेवाग्राहीलाई लाभ प्रदान गर्नेछ र हाल कोभिड–१९ महामारीको समयमा कर भुक्तानी गर्न कर कार्यालयको भ्रमण गर्ने समस्या र लामो प्रक्रिया को अन्त्य गर्नेछ।

कोभिड–१९ को महामारीलाई विचार गर्दै एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल सरकार, अर्थ मन्त्रालयका सचिव (राजस्व) रामशरण पुडासैनीको उपस्थितिमा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणालीको डिजिटल रूपमा उद्घाटन गरिएको थियो।

स्थापनाकाल देखि नै ग्राहकहरुको पहिलो रोजाइमा रहँदै आएको बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका एभरेष्ट बैंकले जनाएको छ।

देशैभरि छरिएर रहेको १०० शाखा सञ्जाल, प्रादेशिक कार्यालय , १३२ एटिएम बुथसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको पनि बैंकले जनाएको छ।

नेपाल सरकारको राजस्व संकलनको लागि ३३ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको एभरेष्ट बैंकले जनाएको छ।

पुस २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्