‘न्यायालय, अब तिम्रै आश छ’

काठमाडौँ – संसद विघटनविरुद्ध विवेकशील पार्टीले बुधबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

विवेकशील पार्टीले ‘न्यायालय, अब तिम्रै आश छ, सार्वभौम नागरिकको साथ छ’ भन्ने नाराका साथ संसद विघटनको असंवैधानिक कदम विरुद्ध प्रदर्शन गरेको हो ।

विवेकशील पार्टीले पुष ५ गते संसद विघटन भएयता लगातार प्रदर्शन गर्दै आएको छ ।

पुस २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्