इमानदारीसँग केपी ओलीको कुनै साइनो छैनः माधव नेपाल

काठमाडौँ– पूर्व प्रधानमन्त्री एवं नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको इमानदारितासँग कुनै साइनो नभएको बताएका छन्।

बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेकपा काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

नेपालले भने, ‘केपी ओली ढटुवा हो। इमानदारीतासँग ओलीको साइनो छैन।’

ओलीले संवैधानिक निकाय आफ्नो नियन्त्रणमा पार्नका लागि अध्यादेश ल्याएको तर पार्टी बैठकमा झुट बोलेर संवैधानिक निकायहरुमा नियुक्ति गरेको नेपालले बताए।

ओली जस्ता जालीझेली व्यक्तिले गर्दा कम्युनिष्ट आन्दोलनमा समस्या आएको उनको भनाइ छ।

नेपालले केपी ओलीको भ्रमबाट मुक्त हुन कार्यकर्तालाई आग्रह गरे।

ओलीसँग नडराउने नेपालले बताए। उनले भने, ‘कस्ता–कस्ता तानाशाहसँग डराइएन। केपी ओलीसँग पनि डराइन्न।’

पुस २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्