अमेरिकामा दशकौंपछि एक महिलालाई सुई लगाएर मृत्युदण्ड दिइयो

वासिङ्टन- संयुक्तराज्य अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एकजना महिलालाई अमेरिकी संघीय कानुन बमोजिम मृत्युदण्ड दिइएको छ।

एक गर्भवती आमालाई हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई घातक सुइ लगाएर बुधबार मृत्युदण्ड दिइएको अमेरिकी न्याय विभागले जनाएको छ।

ती महिलालाई इन्डियाना राज्यको टेरी हट कारागार राखिएको थियो। मन्टगमेरीले सन् २००४ मा गर्भमा रहेको शिशु चोर्ने अभिप्रायले २३ वर्षीय एक महिला बबी जो स्टिनेटको पेट चिरेर हत्या गरेकी थिइन्।

अमेरिकी सर्वोच्च अदालतले मन्टगमेरीलाई मृत्युदण्ड दिनेसम्बन्धी एक आदेश जारी गरेको केही घण्टापछि मृत्युदण्ड दिइएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गम्भीर अपराधमा संलग्नलाई संघीय कानुन बमोजिम मृत्युदण्ड दिनेगरी कार्यकारी आदेश जारी गरेका थिए।

पुस २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्