प्रदेश-२ का प्रदेश प्रमुख परियारबाट दुई विधेयक प्रमाणिकरण

जनकपुरधाम- प्रदेश नम्बर-२ का प्रदेश प्रमुख तिलक परियारले दुईवटा विधेयकलाई प्रमाणिकरण गरेका छन्।

प्रदेशसभाबाट पारित भएर प्रदेश प्रमुख समक्ष गएको दुईवटा विधेयकलाई प्रमाणिकरण गरेपछि ऐन बनेको छ । यस सँगै प्रदेश प्रमुखबाट हालसम्म ३८ वटा विधेयक प्रमाणिकरण भएर ऐन बनेको छ ।

प्रदेश प्रमुख परियारले ‘प्रदेश उद्योग व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’र ‘बालवालिकाको हक–अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन।

प्रदेशको औद्योगिक वातावरणलाई सुविधाजनक, लगानीमैत्री बनाई प्रदेशको औधोगिक विकास र प्रवद्र्धन गर्न आवश्यक भएकोले यो ऐन बनाइएको प्रदेश सरकारले जनाएको छ।

प्रदेशसभाबाट पारित भएर प्रदेशप्रमुखबाट प्रमाणिकरण भइसकेपछि औद्योगिक विकासको माध्यमबाट सबल, गतिशील, प्रतिस्पर्धी एवं उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नका लागि निजी, सार्वजनिक एवं सहकारी क्षेत्रको सहभागितामा प्रदेशमा उद्योगधन्दा र साधन स्रोतको संरक्षण तथा प्रवद्र्धन गरी प्रदेशमा रोजगारीको अवसर अभिवृद्धि समेत गर्न सकिने भएको प्रदेश सरकारले जनाएको छ।

त्यस्तै बालबालिकाको अधिकारको सम्वद्र्धन, संरक्षण, प्रवद्र्धन एवं परिपूर्ति गर्दै सबै बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक,संवेगात्मक एवं भावनात्मक विकास गरी सर्वोत्तम हित सुनिश्चित गर्न समयानुकूल कानूनी व्यवस्था गर्न आवश्यक रहेकोले यो ऐन बनाएको प्रदेश सरकारले जनाएको छ।

पुस २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्