पाटन क्‍याम्पसबाट नेविसंघले निकाल्यो संसद विघटनको विरोधमा राँके जुलुस (तस्बिरहरु)

काठमाडौँ- संसद विघटनविरुद्ध नेपाल विद्यार्थी संघले पाटन क्‍याम्पसबाट राँके जुलुस निकालेको छ।

प्रधानमन्त्री ओलीले संवैधानिक ‘कू’ गरेको भन्‍दै नेविसंघले बुधबार साँझ राँके जुलुस निकालेपछि प्रहरीले सामान्य स्तक्षेप गरेको हो। नेविसंघले निकालेको राँके जुलुसमा प्रहरीले अवरोध गर्न खोजेपछि विद्यार्थीहरुले प्रहरीसँग प्रतिवाद गरेका छन्।

यसअघि नेविसंघका कार्यकर्ताहरुले मध्‍यबानेश्वरमा कपाल मुण्डन गरेर प्रतिनिधिसभा विघटनको विरोध गरेका थिए भने ब्लेड हतियार भएकाले प्रयोग नगर्न भन्दा धरपक्कडको स्थिति उत्पन्‍न भएको थियो।

देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका तस्बिरहरु:

 

पुस २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्