हुस्सुले विराटनगरका उडान रोकिए

मोरङ– विराटनगरमा पछिल्लो केही दिनदेखि चिसो बढेको छ। चिसो बढेसँगै स्थानीयको जनजीवनमा प्रभावित भएको छ। विराटनगरमा बुधबार बिहान ७ डिग्री सेल्सियसको तापक्रम मापन गरिएको थियो।

खराब मौसमका कारण बुधबार विराटनगर विमानस्थलसमेत खुल्न सकेन। दैनिक १५/१६ वटासम्म उडान हुने विमानस्थलमा हुस्सुका कारण बुधबार बेलुकासम्म हवाई उडान सञ्चालन नभएको नागरिक उड्डयन कार्यालय विराटनगरले जनाएको छ।

विमानस्थल प्रमुख उत्सव खरेलले बिहानबाट विमानस्थल क्षेत्रमा अधिकतम् १ हजार मिटरसम्म भिजिविलिटी रहेको बताए। यद्यपि विमान हेरिकन कम्तीमा भिजिविलिटी १ हजार ६ सय मिटर पुग्नुपर्ने उनको भनाइ छ।

यस्तै बुधबार विराटनगरमा हावाको अवस्था पनि खराब देखिएको छ। नेपाल वातावरण समाज प्रदेश १ संयोजक अभिषेक श्रेष्ठका अनुसार बुधबार विराटनगरमा १ सय ७१ एक्युआई पुगेको छ। यो अधिक जोखिममा रहेको उनले बताए। चिसोका कारण सर्वसाधारणले खुल्ला रुपमा बाल्ने घुर, टायर, प्लाष्टिक लगायतबाट वायु प्रदूषण हुने श्रेष्ठको भनाइ छ।

गएको शनिबारदेखि बुधबारसम्म मुलुकका केही मुख्य सहरको तुलनामा विराटनगरको वातावरण उच्च जोखिममा रहेको छ। महेन्द्र मोरङ क्याम्पसमा राखिएको वातावरण सूचकाङ्कका अनुसार तुलनात्मक रुपमा अन्य शहरको वातावरणभन्दा विराटनगरमा  प्रदूषण देखिएको श्रेष्ठले जानकारी दिए।

पुस २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्