स्रोत नखुलेको झण्डै साढे ९ लाखसहित दुईजना पक्राउ

जनकपुरधाम-स्रोत नखुलेको झण्डै साढे ९ लाखसहित दुईजना सिरहामा पक्राउ परेका छन्।

भारतबाट नेपाल तर्फ आउँदै गरेको मोटरसाईकललाई सिरहा बरियारपट्टी गाउँपालिका वडा नं. १ कचनारीस्थित प्रहरीको गस्ती टोलीले चेकजाँच गर्दा स्रोत नखुलेको ९ लाख ३९ हजार ९ सय १५ रुपैया सहित दुईजनालाई नियन्त्रणमा लिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।

पक्राउ पर्नेमा सिरहाको बरियारपट्टि गाउँपालिका वडा नं. २ खोक्सीका ४० वर्षीय मोहमद सगिर मियाँ र २४ वर्षीय मेहदि मंसुर रहेको प्रहरीले जनाएको छ।

दुवैजनालाई ईलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहामा ल्याई घटना सम्बन्धमा थप अनुसन्धान थालेको प्रवक्ता शर्माले जानकारी दिए

पुस २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्