१५औँ साधारणसभाले सार्क चेम्बर क्राफ्टमा रिजाल अधिकारीको नयाँ नेतृत्व चयन

काठमाडौँ-‘सार्क चेम्बर क्राफ्ट भिलेज नेपाल’को बुधबार सम्पन्‍न १५औँ साधारणसभाले शारदा रिजाल अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको सञ्चालक सदस्यमा निता रेग्मी, शोभा ज्ञवाली, ऋतु स्थापित, रीता भण्डारी, भवानी राणा, छायाँ शर्मा, प्रमिला रिजाल, चित्राबहादुर केसी, रनिव अमात्य र निरु रायमाझी चयन भएका हुन्। सो संस्थाले दक्षिण एशियाली (सार्क) मुलुकका महिला उद्यमीले उत्पादन गरेका सामानको बजारीकरण, प्रवद्र्धन, आयात-निर्यात गर्नेछ।

नेपालका महिला उद्यमीले उत्पादन गरेका खाद्यान्न, लत्ताकपडा, सौन्दर्यका सामान, हस्तकलाका समान अन्य मुलुकमा पठाइने गरिएको छ।

चार वर्षका लागि निर्वाचित अध्यक्ष अधिकारीले कोभिड–१९ का कारण प्रभावित भएको बजार व्यवस्थालाई अनलाइन माध्यमबाट विस्तार गराउन आफूले पहल गर्ने बताए।

पुस २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्