बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सल्यान– सल्यानमा आज बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

ढोरचौरबाट श्रीनगरतर्फ जाँदै गरेको ना ३ ख ९६४३ नम्बरको बसले बरलातर्फ जाँदै गरेको रा ३ प ८६६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शारदा नगरपालिका–६ बरलाका ३० वर्षीय वीरेन्द्र भण्डारीको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि सल्यान अस्पताल पुर्‍याइएको भएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ठक्कर दिने बसका चालक फरार रहेकाले खोजी भइरहेको र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पुस २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्