पिएसजीले जित्यो उपाधि

पेरिस सेन्ट–जर्मेन (पिएसजी) को प्रशिक्षकका रुपमा माउरिसिओ पोकेतिनोले पहिलो उपाधि जितेका छन् ।

उनले प्रशिक्षकका रुपमा पनि पहिलो उपाधि जितेका हुन् । बुधबार राति भएको खेलमा जित निकाल्दै पोकेतिनोको पिएसजीले ट्रोफी डेस च्यापियन्सको उपाधि जितेको हो ।

पिएसजीले मार्सेइलीलाई पराजित गरेर उपाधि जितेको हो । पिएसजीको प्रशिक्षकका रुपमा तेस्रो खेलमै उनले उपाधि जितेका हुन् ।

पिएसजीका लागि माउरो आइकार्डी र नेइमारले गोल गरेका हुन् । मार्सेइलीका लागि दिमित्री पेयटले एक गोल फर्काए।

माघ १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्