डब्लुएचओको टोली कोरोना भाइरसको उत्पतीबारे अध्ययन गर्न पुग्यो वुहान

कोरोना भाइरसको उद्गम थलो वुहानमा विश्व स्वास्थ्य संगठन (डब्लएचओ) को टोली पुगेको छ ।

कोरोना भाइरसको उत्पतीबारे अध्ययन गर्नका लागि डब्लुएचओको टोली चीनको वुहान पुगेको हो ।

चीन र डब्लुएचओबिच भएको लामो वार्तापछि अन्तर्राष्ट्रिय विज्ञहरुको टोलीले वुहान प्रवेशका लागि स्वीकृति पाएको हो ।

१० वैज्ञानिकहरुको टोलीले अनुसन्धान संस्थाका अधिकारी, अस्पताल तथा सिफुड मार्केटका प्रतिनिधिसँग अन्तर्वार्ता गर्ने छन् ।

सन् २०१९ को अन्त्यतिर चीनको वुहान शहरमा देखिएको कोरोना भाइरसको महामारी त्यसपछि विश्वभर फैलियो । उत्पतीको वास्तविकता थाहा पाउनका लागि अनुसन्धान टोली बिहीबार बिहान वुहान पुगेको हो ।

माघ १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्