बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसले ब्राजिलमा आतंक मच्चाउँदै

काठमाडौँ-बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस ब्राजिलमा दिनप्रतिदिन बढ्‍दै गएको छ।

ब्राजिलमा दुई प्रकारका नयाँ कोरोना भाइरसको बिगबिगी बढिरहेको बेलायतका प्रख्‍यात भाइरोलोजिस्टले बताएको बीबीसीले उल्लेख गरेको छ।

यसका साथै प्रोफेसर वेण्डी बार्क्ले भनेका छन्, ‘बेलायतको राष्ट्रिय भाइरोलोजीले यसको विषयमा नयाँ प्रोजेक्ट सुरुवात गरेको छ। जसले नयाँ कोरोना भाइरसको प्रतिरक्षा कसरी गर्ने भन्‍नेबारे महामारीको बेला काम लाग्‍नेछ। साथै कोरोना कम गराउन यो प्रोजेक्टले सहायता गर्नेछ।’

उनले भनेका छन्, ‘ब्राजिलमा मुख्‍यत: दुई प्रकारको कोरोना भाइरसको देखिएको छ, एउटाको बारेमा पत्ता लगाइसकिएको छ भने अर्कोको बारेमा पत्ता लगाउनै बाँकी छ।’

यस्तै संसारमा देखिएकामध्‍ये ब्राजिलमा भेटिएको कोरोना भाइरस विल्कुलै नयाँ प्रकारको रहेको बार्क्लेको दाबी छ।

उनले भनेका छन्, ‘यो निक्कै जोखिम र खतरापूर्ण हो। यसलाई होसियारी पूर्वक निराकरण गर्नुपर्छ।’

यता, बेलायतका यायायात सचिव ग्राण्ड सेपले ब्राजिलमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस बेलायतमा नभएको/नगएको दाबी गरेका छन्।

उनले भनेका छन्, ‘ब्राजिलको कोरोना बेलायतबाट गएको होइन। तर हामी जतिसक्दो चाँडो सतर्क चाहिँ बस्नुपर्छ।’

यसअघि साउथ अफ्रिकामा पनि नयाँ प्रकारको कोरोना भाइरस भेटिएको थियो।

माघ २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्